Rule 13
केन्द्रको सञ्चालन मापदण्ड
(१) ऐन तथा यस नियमावली बमोजिम स्थापना हुने केन्द्रले देहायको मापदण्ड पूरा गरेको हुनु पर्नेछः—
(क) पीडितलाई राख्न न्यूनतम आधारभूत सुविधा सहितको भौतिक संरचना भएको,
(ख) पीडितलाई मनोसामाजिक विमर्श र स्वास्थ्य सेवा समेतको परामर्श सेवा उपलब्ध गराउन सक्ने,
(ग) पीडितलाई आवश्यकता अनुसार औषधोपचारको सेवा प्रदान गर्न वा सोको प्रवन्ध गर्न सक्ने,
(घ) पीडितलाई आवश्यकता अनुसार कानूनीे सेवा प्रदान गर्न वा सोको प्रवन्ध गर्न सक्ने,
(ङ) पीडितलाई शिक्षाको आवश्यक प्रवन्ध गर्न सक्ने ।
(२) केन्द्रले नियम ४ को उपनियम (१) को खण्ड (झ) बमोजिम जारी भएको पुनस्र्थापना केन्द्र सञ्चालन निर्देशिका पालना गर्नु पर्नेछ ।